दफा
बिना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवकलाई सजाय
  राष्ट्रसेवकले आफ्नो ओहदा वा सो सम्बन्धी आफूले गरेको वा गर्नु पर्ने कुनै काम कारबाहीमा सरोकार भएको वा हुने सम्भावना रहेको वा आफ्नो कार्यालयको कामसँंग सम्बन्ध भएको व्यक्ति भन्ने जानी जानी त्यस्तो व्यक्तिबाट आफ्नो वा अरू कसैको लागि  नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, वा सार्वजनिक संस्थाको अनुमति नलिई बिना मूल्यमा वा कम्ती मूल्यमा कुनै मालवस्तु वा सेवा लिएमा वा लिन मञ्जुर गरेमा वा लिने उद्योग गरेमा निजलाई कसुरको मात्रा अनुसार छ महिनादेखि एक वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यस्तो वस्तु लिइसकेको भए सो वस्तु जफत हुनेछ र सेवाको हकमा सेवाको बिगो कायम गरी बिगो बमोजिम जरिबाना हुनेछ ।